गौरी वियोगका त्यी दिन

शनिबार, ०६ असोज २०७५
रामनाथ घिमिरे

काठमाण्डौ छिरेको केही समयपछि, काठमाण्डौमा भाषा अनुवाद परिषद्मा लेखकको रुपमा जागिरे भएपछि भने जहान पनि पाल्न सकिन्छ भन्ने लाग्यो । बुबाले गाउँमै बसेकी जहान गौरीलाई काठमाण्डौं ल्याइदिनु भयो अनि चै पक्का पक्की ब्यवहारिक जीवन शुरु भएको उहाँको भनाई छ। 

विरानो ठाउँ कोठाको बसाई, कष्टकर त थियो नै तर भर्खरै संगै बस्न आएकी श्रीमतीको साथले गाउँको याद र मायालाई जिवन्तता दिन्थ्यो । अनि शान्ता र कान्ता पनि जन्मिएपछि भने बारम्बार आउने गाउँको याद, आफन्त र परिवारको मायामा हुने छटपटि विस्तारै पचाउने बानी पर्दै थियो ।

एउटा नयाँ खुसीको संसार विस्तारै फैलिदै थियो मनभरी । तर त्यो खुसी लामो समय टिकेन् । काठमाडौंले, उहाँमाथि पिडा र विछोडको कथा लेख्न थाल्यो ।  कलकलाउँदो जवानी भखरै चढ्दै थियो । गौरी उहाँ भन्दा ६ बर्ष कान्छी थिइन् । उहाँको पनि जवानी सकिएको थिएन् । अब मिलेर केही गर्न सकिन्छ भन्ने आशाका साथ भविष्यका रेखाहरु कोर्न थालेकै बेला, नसोचेको बर्जपात आइप¥यो । आफुले एउटा योजना बनायो तर दैवको योजना कसलाई के थाहाँ ? जिन्दगीभर साथ नछोड्ने भन्दै अग्नीलाई साक्षी राखेर खाएको कसम दैवले तोडिदियो ।

उहाँ माथि आकाश खस्यो । कहिल्यै कल्पना नगरेको बर्जपात आइप¥र्यो । विरानो ठाउँमा मध्य रातमा आफ्नै काखमा, आफ्नै जीवनसाथीको मृत्युको शोक भोग्नु प¥यो । ‘साथमा ५—६ बर्षका साना नानीहरु छन् कोठाको बसाई, नजिकै चिनेजानेका, आफन्त कोही थिएन्, मध्ये रातमा गौरीको निधन भयो । त्यो दिन सम्झिदा पनि कहाली लाग्छ अहिले पनि कालो आकाशले थिचे जस्तै ऐठन हुन्छ मनमा,’ उहाँ मनको कुरा खोल्नुहुन्छ ।  

उहाँले आँखाभरि आसु पार्दै, उनै गौरीको सम्झनामा लेखिएको गौरी खण्डकाब्यको प्रसंग उठाउनु भयो । लेखौ भनेर लेखिएको हैन्, मसीले लेखिएको पनि हैन्, गौरी खण्डकाब्य आँसुले लेखिएको हो, शब्दले खेलिएको त हैन भावनाले लेखिएको हो । यसो भनिरहदाँ राष्ट्रकविको आँखामा आँसुको आहाल बनेको थियो । 

उहाँले थप्नु भो पहाड भर्खर छोडेको, त्यो सुन्दर प्रकृती सधै माया गर्ने गाउँका मानीसहरु, यहाँ काठमाडौंमा डेरा लिएर बसेको आप्mनो भन्ने मान्छे कोही थिएन्  आधारातमा श्रीमतीको अवसान हुदाँ कुन थिति भयो होला ? उहाँको गला अवरुद्ध भयो । उहाँले भन्नु भो यीनै विषयमा केन्द्रित छ मेरो गौरी खण्डकाब्य । तर त्यो भन्दा पनि ठुलो अर्को पाटो छ, गौरी गइसकेपछि चित्त बुझाउने बाटो के त ? उहाँको मन तिनै नानीहरुमा गयो । गौरीले छोडेर गएका नासो नै जीवन जिउने आधार हुन पुगे ।

उनीहरुप्रतिको  जिम्वेवारी बोधले उहाँलाई  बलियो बनायो । त्यो शोकको उच्चतम विन्दु ती दुइछोरीहरु हुन्, ती छोरी प्रतिको जिम्मेवारी बोध र मायाले यति झस्काउथ्यो कि, उहाँले भन्नुभयो, मैले काब्यको पुछारमा आफुमा कुनै परिर्वतन आए अथवा केही भएपनि मेरा छोरीहरुको हेरचाहा गरिदिनको लागि अनुरोध गरेको छु ।  

कुराकानीको क्रममा उहाँले सोध्नु भएको थियो तपाईलाई कुन हरफ मन पर्छ मले भनेको थिए,  
यी रोएपनि दुख लाग्छ यीनले सम्झेकी आमा भनि 
यी हाँसे पनि दुख लाग्छ यीनले विर्सेकी आमा भनि 

जीन्दगीमा आउने उत्तार चढाव, आरोह अवरोहमा कोही न कोही नजिकै हुन्छ विशेष हुन्छ । परिवार समाज र सिंगो राष्ट्रलाई बाध्न माया नै सबैभन्दा ठुलो कसी हुन्छ होला । तर मानिसका लागि सबैभन्दा विशेष वियोगको बेला मन बुझाउने पात्र र बस्तु नै हुदो रहेछ भन्ने उहाँको भोगाईले सिकाएको छ । अरुलाई पनि त्यही कुराले छुदो रहेछ, तिनै सन्ततीको लागि आफुमा पलाएको भावले गौरीको निधनपछि पनि उहाँ माथिको प्रेम न्याय भयो होला भन्ने उहाँलाई लागेको छ । उहाँले तीनै छोरीहरु बारे लेखेका हरफहरुले गौरी खण्डकाब्यलाई थप उचाईमा पु¥याउनुले पनि यसको पुष्टि भएको उहाँले ठान्नु भएको छ । 

राष्ट्रकवि माधव प्रसाद घिमिरेको बाँकी जीवन भोगाई, संघर्ष र सफलताको कथा मनका कुरा डटकममा साप्ताहिक रुपमा प्रकाशन हुनेछ । 

आफ्ना मनका कुरा, खोल्नुहोस् पुरा । तपाईको जीवन भोगाई र अनुभव अमूल्य छ । त्यो कसैका लागि सिकाई र प्रेरणाको प्रतिविम्ब बन्न सक्छ । आफ्नो मनका कुरा लेखेर वा बोलेर हाम्रो Facebookmail.mankakura@gmail.com मा पठाउनु होला । साथै YouTubeTwitter मा जोडीएर हाम्रो परिवार पनि अवश्य बन्नुहोला ।
प्रतिक्रिया दिनुहोस्