राजेश हमालले मन खोलेर भने बुवा–आमाको रमाईलो प्रेम कहानी

शुक्रबार, ०१ भदौ २०७५
Manka Kura

नायक राजेश हमाल पाल्पाको मिसन अस्पतालमा जन्मिएका हुन् । उनको बुवाको नाम चुडा बहादुर हमाल र आमाको नाम रेणु केसी हमाल हो । हमाल परिवार आफुलाई पाल्पाली भन्न रुचाउँथ्यो । राजेश हमाल जन्मिएको एक वर्षपछि मात्र उनको परिवार काठमाण्डौं आएको थियो । अभिनेता हमालका बुवा पाल्पामा पढाउँथे । २२ वर्षको उमेरमा नै भारतको बनारस हिन्दु विश्वविद्यालयबाट राजनितिशास्त्रमा मास्टर गरेका उनी पाल्पाकै विद्यालयमा प्रधानध्यापक थिए । हमालकी आमा रेणु पनि पाल्पाकै थिइन् । तर, उनीहरुको भेट भने पाल्पामा भएको थिएन । 

बुवा आमाको भेटबारे राजेश हमाल भन्छन्,‘ आमा पनि लखनउको मुश्लिम कलेजमा पढ्नुहुन्थ्यो । वि.सं २०१२,१३ साल तिर भारतबाट नेपाल फर्कने क्रममा उहाँहरुको भेट भएपछि बुवाले अलि बढी चासो दिन थाल्न भएछ ।’ हमालकी आमा प्रगतिशील विचारकी थिइन् । अल्लारे उमेर भएको भेटपछि चुडा, रेणुप्रति आर्कषित भए । भारतकै लखनउमा पढ्ने कुरा थाहा पाएपछि सम्पर्कमै रहने मनमनै अड्डी कसे । तर, रेणुको कलेजमा निकै कडा थियो । चिठ्ठी क–कस्को आउँछ भनेर पनि टिपाउन पर्थ्यो । नाम टिपाएको व्यक्ति चिठ्ठी मात्र कलेजले विद्यार्थीको हातमा थमाउँथ्यो । 

टाढा भएका व्यक्तिसँग सम्पर्क स्थापित गर्ने माध्यम भनेकै चिठ्ठी पत्र थियो । आफुले लेखेको चिठ्ठी रणुको हातसम्म पुग्ने निश्चित नभएपछि चुडाले सम्पर्कमा रहने अनेक उपाय खोजे । एउटा किशोरले किशोरीलाई चिठ्ठी पठाएको थाहा पाउँदा पनि जिब्रो टोक्ने त्यो समयमा चुडाले रेणुसँग सम्पर्क स्थापित गर्ने गतिलो उपाय पत्ता लगाए । 

बसन्त जंग रायमाझी मामाका छोरा थिए । जो भारतमा नृत्य निर्देशन सिक्दै थिए र उनी मार्फत नै रणु पढ्नका लागि लखनउ पुगेकी थिइन् । त्यसैले बसन्त जंग रायमाझीको नामबाटै चुडाले रेणुलाई थुप्रै पत्रहरु पठाए । बन्द गरिएको खामबाट केवल सन्चोविसन्चोका शब्दहरु मात्रै होइन माया पनि आदनप्रदान हुने गर्थ्यो ।  फलस्वरुप मायाको बिरुवा हुर्कदै गएर विवाहमा परिणत भयो । चुडाले रणुलाई होस्टलमा नै भित्र्याएका थिए । विवाहको साक्षीहरु मध्येमा एक थिए, नेता भरतमोहन अधिकारी । 

कलिलै उमेरमा राजनिति शास्त्रमा मास्टर गरेका उनी आफ्नै उमेरका विद्यार्थीलाई पढाउँथे । विद्यार्थीको अगाडि कसरी पाको देखिने उनको खोजीको विषय थियो । ‘कम उमेरमै पाको बन्ने बुवाको अभिलाषा थियो । छोरोको भने ठिक उल्टो अभिलाषा छ ।,’हमाल खित्तका छोड्छन् । नायक राजेश हमाल जति उमेर बढ्दै गयो उति युवा देखिने कसरतमा छन् । राजेश, चुडा र रेणुको तेश्रो सन्तान हुन् । उनी भन्दा पहिला दुई जुम्ल्याहा दिदी जन्मिएका थिए । जो अहिले डक्टर छन् । पाल्पाबाट काठमाण्डौं आएपछि भाई र बहिनी जन्मिए । 

राजेश जन्मिएपछि काठमाण्डौं छिरेको परिवार पाल्न उनका बुवाले शिक्षण गर्नुका साथै छोटो समयका लागि पत्रकारिता पनि गरे । अन्ततः लोकसेवाको परिक्षा दिए परराष्ट्र मन्त्रालयमा नाम निकाले । गतिलो नम्बर ल्याएर पास गर्नेहरुले मात्र त्यो समय परराष्ट्रको जागिर पाउँथे । संयोगवस चुडाको पहिलो र अन्तिम पोस्टीङ पनि पाकिस्तान नै पर्यो । रुस,भारतलगायतका देशमा पुगेर काम गरेका उनको पाकिस्तानका लागि नेपाली राजदुत हुँदै गर्दा निधन भयो । 

आफ्ना मनका कुरा, खोल्नुहोस् पुरा । तपाईको जीवन भोगाई र अनुभव अमूल्य छ । त्यो कसैका लागि सिकाई र प्रेरणाको प्रतिविम्ब बन्न सक्छ । आफ्नो मनका कुरा लेखेर वा बोलेर हाम्रो Facebookmail.mankakura@gmail.com मा पठाउनु होला । साथै YouTubeTwitter मा जोडीएर हाम्रो परिवार पनि अवश्य बन्नुहोला ।
प्रतिक्रिया दिनुहोस्