पृथ्वी ध्वस्त भएपनि बाँच्ने अनौठो जीव

शुक्रबार, ०१ भदौ २०७५

यो जीवको नाम टार्डीग्रेड वा वाटर वियर हो ।  समुन्द्रको तल्लो सतहमा पाईने यो जीवको विशेषता अनौठो छ । केही पनि नखाइकन वाटर रिज ३० वर्षसम्म बाँच्न सक्छ । अर्को अनौठो कुरा के भने यो जीव १ सय ५० डिग्री सेल्सियसको तापक्रममा पनि बाँच्न सक्छ । त्यसैले यसलाई दुनियाँकै अद्भुत जीव मानिएको छ । समुन्द्रको पानीको चापले पनि यसलाई कुनै असर गर्दैन । 

यो जीवको विशेषता र क्षमता मात्र होइन आकार प्रकार पनि अनौठो छ । यो जीवको अस्तित्व पत्ता लागेसँगै वैज्ञानिकहरु नयाँ निष्कर्षमा पुग्न बाध्य भएका छन् । पृथ्वीमा प्रलय भएर एकदिन सबै जीवको अस्तित्व समाप्त हुनेछ भन्ने मान्यतालाई यो जीवले गलत सावित गरिदिने आँकलन गरिएको छ । वैज्ञानिकहरुले यो जिवलाई अजम्बरी जीवको उपमा दिएका छन् । यो जीव ब्रम्हाण्डमा पत्ता लागेका सबै ग्रहहरुमा सजिलैसँग बाँच्न सक्छ । 
 

आफ्ना मनका कुरा, खोल्नुहोस् पुरा । तपाईको जीवन भोगाई र अनुभव अमूल्य छ । त्यो कसैका लागि सिकाई र प्रेरणाको प्रतिविम्ब बन्न सक्छ । आफ्नो मनका कुरा लेखेर वा बोलेर हाम्रो Facebookmail.mankakura@gmail.com मा पठाउनु होला । साथै YouTubeTwitter मा जोडीएर हाम्रो परिवार पनि अवश्य बन्नुहोला ।
प्रतिक्रिया दिनुहोस्