श्रीकृष्णबारे केही चाख लाग्दा तथ्य

आइतबार, १७ भदौ २०७५
एजेन्सी

आज भगवान श्रीकृष्णको जन्म दिन । हिन्दु धर्मावलम्वीले आज कृष्णको जन्मदिवस मनाईरहेका छन् । 

  • भनिन्छ, कृष्ण विद्धान मात्र थिएनन् कलाको धनी पनि थिए । बाँसुरी बजाएरै मन्त्रमुग्ध पार्ने कला उनीसँग थियो र त पछि लाग्थे १६ सय गोपीनी । 
  • भान्जाको हातबाट आफ्नो मृत्यु हुन्छ भनेपछि कंशले बहिनी(ज्वाईलाई जेलमा थुनेका थिए । भारदारको उच्च सुरक्षा रहेको त्यही जेलमा कृष्णको जन्म भयो । उनले जन्मने बित्तिकै थुप्रै चुनौतिको सामना गर्नुपर्यो । 
  • कृष्णलाई धार्मिक ग्रन्थ, पोस्टरहरुमा गाढा निलो रंगको देखाइन्छ । कृष्णको वर्ण कालो अर्थात निराकारमय छ । किनकी साधकहरुले आफैभित्र प्रवेश गरेपछि मात्र आफुभित्रको अध्याँरो पक्ष देख्न सक्छन् ।  
  • उनको हातमा मुरली वा शंख बोकेको देखाइन्छ । युद्धको उद्घोष गर्ने बेलामा शंख र, रसिक अवस्थामा चाहिँ मुरली । किनकी जब साधकहले आफु भित्रको अँध्यारो देख्न थाल्छन् बाहिर र भित्रको ध्वनी एकिकृत हुन्छ । त्यस्तो समयमा वासना गौण हुन्छ । मनमा मुरलीको संगीत र मनोरञ्जन छाउँछ ।
  • कृष्णले युद्धका समयमा शंख बोकेको देखाइनुको अर्थ साधक सांसरिक सुखभोगबाट माथि उठिसकेको अवस्थाको जनाउ दिनु हो । 
  • मख्खन चोर, बदमाश, गोपिनीहरूका पानी र दुधका घैला फूटाउने चकचके उनको उपनाम हुन् । उनी यस्तो पात्र हुन् जो बदनाम भएर पनि सबैका प्रिय बनिरहे। 
  • उनको रुपलाई बुझेर एउटा मानिस मानव, साधक हुँदै भगवान हुनपुग्छ भनिन्छ । साथै कृष्ण जन्माष्टमीलाई त्यही साधनाको चरणमा प्रवेश गर्ने एउटा अवसरको रुपमा लिइन्छ । 
  • महाभारतमा पाण्डव र कौरवहरुबिच युद्ध हुँदा कृष्ण पाण्डव पक्षमा थिए । श्रीकृष्ण आफू जगतपुरुष भएपनि अर्जूनको मनोवल बढाउन एउटा सामान्य सारथी बनेर साथ दिँदै काम कहिले सानो ठूलो नहुने शिक्षा सबैलाई दिए । 
  • भगवान कृष्णको अन्य ६ जना दाजु जन्मिएका थिए, जसलाई कंशले मारिदिए । उनीहरुको नाम स्मर, उदगी, पेरिसवंगा, पटंगा, कुसुब्रट र घर्नी थियो । यसलाई विभिन्न मानव इन्दि्रयको रुपमा बुझिन्छ । स्मरको अर्थ स्मृति, उदगीको अर्थ बोली, पेरिसविगको अर्थ सुन्नु  हुन्थ्यो । 

आफ्ना मनका कुरा, खोल्नुहोस् पुरा । तपाईको जीवन भोगाई र अनुभव अमूल्य छ । त्यो कसैका लागि सिकाई र प्रेरणाको प्रतिविम्ब बन्न सक्छ । आफ्नो मनका कुरा लेखेर वा बोलेर हाम्रो Facebookmail.mankakura@gmail.com मा पठाउनु होला । साथै YouTubeTwitter मा जोडीएर हाम्रो परिवार पनि अवश्य बन्नुहोला ।
प्रतिक्रिया दिनुहोस्