दोश्रो बन्नेहरुलाई देखियो अचम्मका फाइदा !!

शनिबार, १६ भदौ २०७५
एजेन्सी

प्रतियोगितामा पहिलो बन्न हरेक प्रतियोगिले सक्दो कसरत गर्छन् । किनकी पहिलो बन्दाको इनामले जो कोहीलाई लोभ्याउँछ । तर, पहिलो बनेर स्वर्णपदक जित्नेहरुको तुलनामा दोश्रो भएर रजत पदक जित्नेहरु बढी बाँच्ने र थुप्रै स्वर्णपदक बटुल्न सफल हुने गरेको देखिएको छ । 

भर्जिनीया विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले स्वर्णपदक र रतजपदक जित्ने ओलम्पिक खेलाडीको मृत्युदरलाई केलाएर यस्तो निचोड निकालेका हुन् । सन् १८९६ देखि १९४८ सम्मका खेलाडीको मृत्युदरलाई हेर्दा आधा जसो रजतपदक विजेता ८० वर्षसम्म बाँचेको पाईयो भने त्यसको १ तिहाई स्वर्णपदक विजेता मात्र ८० वर्षसम्म बाँचेका थिए । ७० प्रतिशत रजतपदक विजेताहरुको आर्थिकसि्थति खेलपछि सुदृढ भएको पाईएको छ भने जम्मा २० प्रतिशत स्वर्णपदक विजेता मात्र खेलपश्चात आर्थिक रुपले बलियो बनेको पाईयो । 

अध्ययन लेखक आदम लेवीले बताएअनुसार पहिलो र दोस्रो स्थानमा आइपुगेका खेलाडीमा शारीरिक र न्यूरोलोजिकल कारणहरु खासै फरक थिएन । तर, रजतपदक विजेताहरू दोश्रो बनेपछि झनै सकि्रय र सफल भए जसले उनीहरुको उमेरलाई बढाउने काम पनि गर्यो । उनी भन्छन्, सफलताको अनि्तम विन्दुले भविष्यमा केही गर्ने जाँगर हराएर जान्छ र स्वास्थ्यमा पनि प्रभाव पार्छ ।  
 

आफ्ना मनका कुरा, खोल्नुहोस् पुरा । तपाईको जीवन भोगाई र अनुभव अमूल्य छ । त्यो कसैका लागि सिकाई र प्रेरणाको प्रतिविम्ब बन्न सक्छ । आफ्नो मनका कुरा लेखेर वा बोलेर हाम्रो Facebookmail.mankakura@gmail.com मा पठाउनु होला । साथै YouTubeTwitter मा जोडीएर हाम्रो परिवार पनि अवश्य बन्नुहोला ।
प्रतिक्रिया दिनुहोस्