युट्युबका दिन गए, किन ?

बिहिबार, १४ भदौ २०७५
एजेन्सी

टेलिभिजनलाई पछि पार्दै युट्युब अहिलेसम्म भिडियो हेर्ने लोकप्रिय माध्यम बनिरहेको छ । १ अर्ब ५७ करोड प्रयोगकर्ता भएको युट्युबका लागि मानिसले दैनिक एक अर्ब घण्टा समय खर्चन्छन् । करिब ५० करोड मानिसले युट्युबमा भिडियो अपलोड गरिरहेका छन् । सन् २००५ बाट सुरु भएको युट्युब सन् २०१८ मा आईपुग्दा मनोरञ्जनसँगै विज्ञापन गर्ने र कमाउने माध्यम पनि बनेको छ । तर, अब युट्युबलाई फेसबुकले चुनौति दिने भएको छ । फेसबुकले 'फेसबुक वाच’ नामको फिचर विश्वभरका लागि खुला गरेपछि युट्युबको दिन सकिएको चर्चा चल्न थालेको हो । युट्युबभन्दा फेसबुक वाच किन अब्बल हुन सक्छ ? कारण यस्ता छन् ।

 

  • फेसबुक सबैभन्दा धेरै प्रयोगकर्ता भएको सामाजिक सञ्जाल हो । जसको २ अर्ब ७२ लाखभन्दा बढी प्रयोगकर्ता छन् । यी प्रयोगकर्ताका कारण फेसबुक वाच लोकपि्रय हुन सक्छ किनकी भिडियो हेर्नका लागि यी प्रयोगकर्ता अन्य वेभसाइटमा गईरहनु पर्दैन । 
  • फेसबुकका संस्थापकले भिडियो कम्पनीको प्राथमिकतामा रहेको कुरा बताएका छन् । डिजिटल युगमा भिडियोको महत्व व्यापक रहेको भन्दै उनले फेसबुकमा अब मानिसहरुले अक्षर, तसि्वरभन्दा पनि भिडियोहरु बढी पोस्ट गर्ने र सेयर गर्ने उनको अनुमान छ । 
  • फेसबुकले सन् २०१५ को छ महिनामा भिडियोको अवलोकन समयलाई दोब्बर गतिमा वृदि्ध हुन सफल भईसकेको थियो । अहिले त्यो गति अझ तिव्र गतिमा बढीरहेको छ । 
  • फेसबुकसँग वास्तविक नाम भएका प्रयोगकर्ताहरु बढी छन् । नक्कली नाममा खोलिएका फेसबुकमा कडाई गरेसँगै वास्तविक प्रयोगकर्ताको रुची र छनोटलाई बुझेर फेसबुकले भिडियो सिफारिस गर्न सक्नेछ जसले यसलाई अझै लोकपि्रय बनाउनेछ । 
  • फेसबुक वाचले विज्ञापनदाता, दर्शक र सामग्री निर्मातालाई केन्द्रमा राखेर अघि बढाएको छ । ठूला ब्राण्डहरु अधिकाँसको फेसबुक पेज छ । पेजबाट पनि आफ्नो सामग्रीको प्रचार गर्न फेसबुकले विज्ञापनदातालाई प्रोत्साहित गरिरहेको छ । 
  • भिडियोमा फेसबुकले फोकस गरेसँगै युट्युब भिडियोको तुलनामा फेसबुक भिडियो १० गुणा बढी सेयर भईरहेको छ । साथै भिडियोबाट हुने मुनाफा अपलोड गर्ने निर्माताले ५५ प्रतिशत पाउनेछन् भने बाँकी ४५ प्रतिशत फेसबुकले राख्नेछ । 
  • फेसबुकको यो प्लेटफर्मकै लागि समेत विशेष कार्यक्रम तयार गर्न केही ठूला कलाकार तथा सेलिब्रेटीहरुले काम गरिरहेका छन् । फेसबुकको यो भिडियो सर्भिसका लागि एबीसी, फक्स न्यूज, वाइस तथा बजफिड लगायतले समेत कार्यक्रम तयार गरेका छन् ।
  • फेसबुकका अनुसार यो सर्भिसले मानिसहरुलाई अन्तरक्रिया गर्नमा सहयोग गर्नेछ । उत्पादित सामाग्रीहरुका विषयमा साथीभाई, अन्य फ्यान तथा स्वयं निर्माताहरुसँग पनि कुराकानी गर्न सकिनेछ । वाच पार्टी फिचरको सहयोगले दुई जनाले एकसाथ शो हेर्न सक्दछन् । यसका अलावा इन्गेजमेन्ट बढाउनका लागि भिडियो उत्पादकले मत सर्भेक्षण, च्यालेन्ज, क्विज आदि समेत चलाउन सक्दछन् ।

आफ्ना मनका कुरा, खोल्नुहोस् पुरा । तपाईको जीवन भोगाई र अनुभव अमूल्य छ । त्यो कसैका लागि सिकाई र प्रेरणाको प्रतिविम्ब बन्न सक्छ । आफ्नो मनका कुरा लेखेर वा बोलेर हाम्रो Facebookmail.mankakura@gmail.com मा पठाउनु होला । साथै YouTubeTwitter मा जोडीएर हाम्रो परिवार पनि अवश्य बन्नुहोला ।
प्रतिक्रिया दिनुहोस्