नेपाली काँग्रेस सिन्धुलीद्धारा क्षेत्रिय समिति गठन, क्षेत्र नं २ 'क' को प्रदेश समिति सभापतिमा बोध बिक्रम थापा

आइतबार, २२ भदौ २०७६
Manka Kura

नेपाली काँग्रेस सिन्धुलीले क्षेत्रिय समिति सभापति र प्रदेश समिति सभापतिहरुको टुंगो लगाएको छ । नेपाली काँगेस सिन्धुलीको पार्टी कार्यालय सिन्धुलीमाढीमा बसेको सिन्धुली क्षेत्र नं १ र क्षेत्र नं. २ को क्षेत्रिय बैठकले क्षेत्रिय समिति सभापति र प्रदेश समिति सभापतिहरुको टुंगो लगाएको हो ।

बैठकले सिन्धुली निर्वाचन क्षेत्र नं १ 'क' को प्रदेश समिति सभापतिमा शुकदेव कुँवर, 'ख' को सभापतिमा चन्द्रदिप कोईराला त्यसैगरि निर्वाचन क्षेत्र नं २ 'क' को प्रदेश समिति सभापतिमा बोध बिक्रम थापा र 'ख' को सभापतिमा दिलिप रायमाझी सर्वसम्मत चयन भएका छन् । 

नेपाली काँग्रेस सिन्धुली क्षेत्र नं १ को सभापतिमा कर्ण बहादुर थापा मगर र क्षेत्र नं २ को सभापतिमा जगत बहादुर भोलन चयन भएका छन । पार्टीको संशोधित बिधान र स्थानिय तहको पुर्न संरचना अनुसार क्षेत्र र प्रदेशका सभापति टुंगो लगाउन सिन्धुलीमा खटिएका केन्द्रिय प्रतिनिधि गणेश कोईराला र जिल्ला सभापति उज्जवल बराल सहितको बैठकले सभापति हरुको सर्वसम्मत चयन गरेको हो ।
 

आफ्ना मनका कुरा, खोल्नुहोस् पुरा । तपाईको जीवन भोगाई र अनुभव अमूल्य छ । त्यो कसैका लागि सिकाई र प्रेरणाको प्रतिविम्ब बन्न सक्छ । आफ्नो मनका कुरा लेखेर वा बोलेर हाम्रो Facebookmail.mankakura@gmail.com मा पठाउनु होला । साथै YouTubeTwitter मा जोडीएर हाम्रो परिवार पनि अवश्य बन्नुहोला ।
प्रतिक्रिया दिनुहोस्