जिग्री पाँडेको रेष्टुरेन्टमा अचम्मका भित्तेकला (भिडियो)

बुधबार, २२ साउन २०७६
Manka Kura

भद्रगोल टिमको रेष्टुरेन्ट व्यवसाय झल्किएको छ नेपालीपन 
स्वस्थ र स्वादिला परिकार, भित्तेकला हेरेरै आननि्दत हुन्छ मन 

भद्रगोल, सर्वाधिक रुचाईएको हास्य टेलिसिरियल । हासो र मनोरञ्जनमा देखिन्छ, अब्बल । दर्शकको मन जित्न प्रत्येक पात्र छन्, सफल । सकारात्मक सोचका साथ कार्म गर्छन् हरपल । राम्रो कामका लागि गर्दैनन् अलमल । अनि समूह र सामूहिक छलफल नै हो उनीहरुको सबैभन्दा ठूलो बल । मनका कुरामा भद्रगोल टिमको कलात्मक रेष्टुरेन्टको कुरा । 

डिल्लीबजार, राजनीतिक विकासमा विशिष्ट इतिहास बोकेको ठाउँ । दरबारसँग पहुँच भएका र पढेलेखेका मानिसहरुको प्रिय गाउँ । जहाँ पूर्खाहरु पाँच पैसाको आधा कप चिया पिएर घण्टौंसम्म बहस र विर्मश गर्थे । यहि डिल्लीबजारबाट  चारखाल रोड हुँदै अघि बढ्दा केनि्द्रय कारागार भन्दा ठ्याक्कै दुई घर पर छ, भद्रगोल टोलीको इचीवन रेष्टुरेन्ट । जहाँ मानिसले आफ्नो भोक मेटाउँदा समाज सेवामा टेवा पुगिरहेको हुन्छ । 

कलाकारको समूहले खोलेको रेष्टुरेन्ट, कलात्मक नहुने कुरै भएन । छिर्ने बिति्तकै देखिन्छ नेपालीपनको आभाष दिने, मनै आननि्दत गराउने, हातैले कोरिएका भित्तकला । जुन रेष्टुरेन्टको गहना हो । 

रेष्टुरेन्टको खानादेखि गहनासम्ममा नेपालीपनको झल्को छ । जिग्री, पाँडे, बले, कक्रोजलगायत अधिकास लफङ्गा पात्रको रुपमा देखिन्छन् । तर, वास्तविक जीवनमा उनीहरु उद्यमशील छन् । देशमै केही गर्नुपर्छ भन्ने सकारात्मक सोच उनीहरुको नशानशामा देखिन्छ ।

इचिवान, कलाकार र दर्शकको भेटघाट हुने र सेल्फी खिच्ने थलो पनि बन्दै गएको छ । देश तथा विदेशमा रहेका दर्शकहरु भद्रगोलका कलाकारलाई भेट्नु पर्यो भने यहिँ आउँछन् । कलाकारितामा लोकपि्रयता र सकि्रयताको स्थायित्व नहुन सक्छ । त्यसैले बेलैमा व्यवसायलाई रोजेर आर्थिक रुपमा केही हदसम्म बलियो बन्ने सोच पनि भद्रगोल टोलीमा देखिन्छ । भिडियो हेर्नुहोस् ।


 

आफ्ना मनका कुरा, खोल्नुहोस् पुरा । तपाईको जीवन भोगाई र अनुभव अमूल्य छ । त्यो कसैका लागि सिकाई र प्रेरणाको प्रतिविम्ब बन्न सक्छ । आफ्नो मनका कुरा लेखेर वा बोलेर हाम्रो Facebookmail.mankakura@gmail.com मा पठाउनु होला । साथै YouTubeTwitter मा जोडीएर हाम्रो परिवार पनि अवश्य बन्नुहोला ।
प्रतिक्रिया दिनुहोस्