अचम्मको इतिहास बोकेको थुक्ने ढुंगा

शनिबार, १८ साउन २०७६
Manka Kura

कीर्तिपुरको इतिहासलाई फर्केर हेर्ने हो भने निकै डर लाग्दो र रोचक पनि छ । नेपाल एकिकरणका क्रममा पृथ्वी नारायण शाहलाई समेत कीर्तिपुरमाथि विजय हाँसील गर्न हम्मे हम्मे परेको थियो । कीर्तिपुरसँगको लडाईका क्रममा प्रधान सेनापति कालु पाँडे मारिए । जहाँ कालु पाँडेलाई कीर्तिपुरबासीले आक्रमण गरेका थिए त्यो ठाउँको एउटा ढुंगोलाई अहिले पनि कतिपयले थुक्ने गरेका छन् । छ्याके ढुंगाको रुपमा परिचित त्यस ढुंगासँग कीर्तिपुरको विरता र आक्रोश दुबै जोडिएको पाईन्छ । 

त्रिभुवन विश्वध्यालबाट अलिकति उकालो चढेपछि देखिन्छ, ऐतिहासिक शहर कीर्तिपुरको गेट । गेटबाट अलिकति अगाडि गएर दायाँ लागेपछि आउँछ घुमि्तसहितको उकालो बाटो । त्यही घुमि्त सडकको दाहिनेपट्टी छ, सानो चौतारो । चौतारोकै अगाडी देखिन्छ एउटा ढुंगो, जसलाई अधिकाँस बटुवाहरुले थुक्ने गर्छन् । 

कतिपय स्थानीयका अनुसार जब कीर्तिपुरलाई घुँडा टेकाईयो तब यहाँका योद्धाहरुको नाक, कान र ओठ काटीयो । इतिहास बोकेको एउटा अभागी ढुंगोसँग बेलाबखत राजनीति पनि जोडिने गर्छ । पृथ्वी जयन्तीको दिन राजाविरोधीहरुले यस ठाउँमा सामूहिक रुपमा नै थुक्ने कार्यक्रम राख्छन् । अर्कातर्फ सरकारले त्यो ठाउँमा थुक्न नदिन प्रहरी समेत परिचालन गर्ने गरेको छ । हेर्नुहोस् भिडियो । 

आफ्ना मनका कुरा, खोल्नुहोस् पुरा । तपाईको जीवन भोगाई र अनुभव अमूल्य छ । त्यो कसैका लागि सिकाई र प्रेरणाको प्रतिविम्ब बन्न सक्छ । आफ्नो मनका कुरा लेखेर वा बोलेर हाम्रो Facebookmail.mankakura@gmail.com मा पठाउनु होला । साथै YouTubeTwitter मा जोडीएर हाम्रो परिवार पनि अवश्य बन्नुहोला ।
प्रतिक्रिया दिनुहोस्