बाल पूजारी राख्ने अनौठो प्रथा

आइतबार, १२ साउन २०७६
Manka Kura

पाटन दरबार क्षेत्रबाट ३ सय ५० मिटर भित्र छ, हिरण्यवर्ण महाविहार अर्थात गोल्डेन टेम्पल । यसलाई ललितपुर जिल्लाकै पुरानो र धनी विहार मानिन्छ । बाह्रौं शताब्दीमा बनेको यो विहारमा बालकलाई मात्रै मुल पुजारी बनाईन्छ । त्यो भन्दा अनौठो त यो ठाउँ मुसाको किल्लाको रुपमा पनि चिनिन्छ । 

मुसाको भन्दा कम रोचक छैन बाल पूजारीको कथा । पहिला चीवर अर्थात शुद्ध र पवित्र मानिने वस्त्र धारण गर्ने भिक्षुहरुले मात्रै विहारमा पुजा गर्ने चलन थियो । तर त्यस्ता पूजारी जीन्दगीभरका लागि ब्रम्हचारी बन्नु पर्थ्यो । 

राजा जयस्थिति मल्ललाई यो कुरा चित्त बुझेन । उनकै निर्देशनमा धेरै भिक्षुहरुले ब्रम्हचारी जीवन त्यागे, घरगृहस्थी बसाल्न सुरु गरे । फलस्वरुप महाविहारमा त्यसको असर पर्यो । त्यसैले पूजापाठलाई निरन्तरता दिन बाल पूजारीको प्रथा सुरु गरियो । करिब हजार वर्ष पुग्न लाग्दा समेत यो प्रथाले निरन्तरता पाईरहेकै छ । 

१२ वर्ष भन्दा कम उमेरका बालक मात्र यहाँको पूजारी हुन पाउँछन् । घर र स्कुल सबै त्यागेर महिना दिन मन्दिर परिसरमै दिनरात बिताउँछन् । 

महाविहारले चिठ्ठी पठाएपछि विद्यालयले पनि महिना दिनको छुट्टी दिन्छ । बाल पूजारीलाई देवतै जस्तो व्यवहार गरिन्छ । माया ममताले राखिन्छ । बाल पूजारी हुन पाउनुलाई भाग्यमानी ठानिन्छ । एक महिना महाविहारमा बसेपछि बाल पूजारीले फेरि साधारण जीवन सुरु गर्छन । हेर्नुहोस् भिडियो ।  

आफ्ना मनका कुरा, खोल्नुहोस् पुरा । तपाईको जीवन भोगाई र अनुभव अमूल्य छ । त्यो कसैका लागि सिकाई र प्रेरणाको प्रतिविम्ब बन्न सक्छ । आफ्नो मनका कुरा लेखेर वा बोलेर हाम्रो Facebookmail.mankakura@gmail.com मा पठाउनु होला । साथै YouTubeTwitter मा जोडीएर हाम्रो परिवार पनि अवश्य बन्नुहोला ।
प्रतिक्रिया दिनुहोस्