बुढा बाको अनौठो शोख, बन्यो बस्ति जस्तो भित्ते घर

शनिबार, २८ असार २०७६
Manka Kura

नागढुंगाबाट करिब दुई साढे दुई किलोमिटेर तल झरेपछि आइपुग्छ पिपल मोड । पिपलमोड कट्ने बित्तिकै भित्तामा देखिन्छ एउटा गेट, जहाँ लेखिएको छ, फस्ट काठमाण्डौं, लास्ट काठमाण्डौं । जब साँघुरो गेटबाट भित्र छिरिन्छ तब देखिन्छ भिरालो भित्तामा ठडिएको एउटा अनौठो अनि फराकिलो संरचना । जुन १३ वर्षदेखि अहिलेसम्म निर्माणाधीन अवस्थामै छ । 

नागढुंगाको ओरालो झर्दा गेट मात्रै देखिन्छ । काठमाण्डौं भित्रदै गर्दा भने झ्याप्ले खोलाबाट एक घुम्ति उकालो चढेपछि भित्तामा देखिन्छन् तलदेखि माथिसम्म लहरै घर । जसले जो कोहीको मनमा कौतुहलता उत्पन्न हुन्छ । अनि अड्कलबाजीमै बन्छन् मान्छे पिच्छेका अनेक किस्सा । 

तर, हामीलाई यो घरको यथार्थ बुझेर मनको जिज्ञासा मेटाउनु थियो । त्यसैले यो घरभित्र छिर्यौं । भेटिए, उमेरले ५८ नाघेका रामराजा प्रधान । दाह्री, कपाल सेतै भईसकेका उनले एकछिन राजनीति र मिडियाप्रति असन्तुष्टि पोखे । आफुले खडा गरेको संरचना भूत घरको रुपमा प्रचार भएको कथा सुनाए । अनि बल्ल घर घुमाए । 

आफ्ना मनका कुरा, खोल्नुहोस् पुरा । तपाईको जीवन भोगाई र अनुभव अमूल्य छ । त्यो कसैका लागि सिकाई र प्रेरणाको प्रतिविम्ब बन्न सक्छ । आफ्नो मनका कुरा लेखेर वा बोलेर हाम्रो Facebookmail.mankakura@gmail.com मा पठाउनु होला । साथै YouTubeTwitter मा जोडीएर हाम्रो परिवार पनि अवश्य बन्नुहोला ।
प्रतिक्रिया दिनुहोस्