‘समर लभ’को  फर्स्टलुक पोस्टर सार्बजनिक

मङ्गलबार, २७ कार्तिक २०७५
Manka Kura

सुबिन भट्टराई द्वारा लिखीत चर्चित उपन्यास ‘समर लभ’ मा आधारित फिल्म ‘समर लभ’ को प्रदर्शन मिति निर्धारण भएको छ । निर्माण टीमले छायांकनमा निस्केको झन्डै १ बर्ष पछि ५ ओटा फर्स्टलुक पोस्टर सार्बजनिक गर्दै माघ २५ लाई प्रदर्शन मिति तय गरेको हो । भ्यालेन्टाईन डे अर्थात प्रेम दिवसलाई लक्षित गरेर फिल्मको प्रदर्शन मिति तय भएको हो । फिल्म रिलिजको ठिक ७ दिन पछि प्रेम दिवस छ । सार्बजनिक पोस्टरहरुमा फिल्मका मुख्य कलाकारहरू सुरज सिंह ठकुरी, नम्रता सापकोटा, आशिष पिया र रेवती क्षेत्री फिचर छन् ।

नाई न भन्नू ल ३ निर्देशन गरेका मुस्कान ढकाल निर्देशित समर लभबाट आशिष पिया र रेवती क्षेत्रीले यो फिल्मबाट नेपाली सिने उधोगमा नायक र नायिकाको रुपमा डेब्यु गर्दैछन् । आशिषले म्युजिक भिडियोमा अभिनय देखि केहि बिग्यापनाहरुमा पनि काम गरेका छन् । यता रेवती भने रेवती भारतको मिस इन्टरनेसनल विजेता साथै ‘ग्याङग्स अफ नर्थवेस्ट’,’खातुन’, ‘ह्याप्पी फिर भाग जाएगी’ जस्ता फिल्ममा अभिनयको अनुभब गरेकी छिन ।

सुबिनको कथालाई सामीप्यराज तिमल्सेनाले पटकथामा ढालेका हुन् भने फिल्मको संवाद सुबिन र सामीप्य मिलेर लेखेका छन् । नाइटिंगेल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको फिल्ममा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी निर्माता रहेका छन् भने बिनोद अधिकारी कार्यकारी निर्माता रहेका छन् । स्वपन सरकार र मनोज बिक सहनिर्माता रहेको फिल्ममा एकराज तामाङ लाइन प्रोड्युसर रहेका छन् । पुष्पन प्रधानको संगीत सञ्जय लामाको छायांकन रहेको फिल्म अर्जुन जिसीले सम्पादन गरेका हुन् ।

आफ्ना मनका कुरा, खोल्नुहोस् पुरा । तपाईको जीवन भोगाई र अनुभव अमूल्य छ । त्यो कसैका लागि सिकाई र प्रेरणाको प्रतिविम्ब बन्न सक्छ । आफ्नो मनका कुरा लेखेर वा बोलेर हाम्रो Facebookmail.mankakura@gmail.com मा पठाउनु होला । साथै YouTubeTwitter मा जोडीएर हाम्रो परिवार पनि अवश्य बन्नुहोला ।
प्रतिक्रिया दिनुहोस्