प्रेमिका फकाउन ३ सय होर्डिङ बोर्ड

बुधबार, ०६ भदौ २०७५
Manka Kura

भारतको महाराष्ट्रमा एक युवाले रातारात आफ्नी प्रेमिकाको नाममा ३ सय होर्डिङ बोर्ड टाँगेका छन् । रिसाएकी प्रेमीका फकाउन उनले यस्तो चकित बनाउने काम गरेका हुन् ।  उनको यस शैलीलाई लिएर त्यहाँका नागरिकहरु चकित भएका छन्।  

विशेषज्ञका अनुसार यो मानिसहरुको ध्यान आकर्षित गर्नका लागि गरिएको हो । यसबारे सोसल मिडियामा समेत चर्चा भइरहेको छ । स्थानीय प्रहरीका अनुसार प्रशासनले यसलाई गम्भीरतापूर्वक लिएको छ र यसको अनुसन्धान सुरु गरिएको छ । 

पुणे पिपरी–चिचवाडका २५ वर्षीय निलेश खेडकरले सौदागर, वाकड र रहतानीमा अवस्थित तीन सय स्थानमा केहिदिन अघि होर्डिङ बोर्ड टाँगेका थिए। त्यसमा ‘शिवाडे, आइ एम सरी’ लेखिएको थियो। उनले ती होडिङ बोर्ड सहरका मुख्य चोकदेखि घरका भित्तासम्म टाँगेका छन्। 

यस घटनालाई लिएर हंगामा मच्चिएपछि मनौवैज्ञानिकहरुले ती युवामा मानसिक समस्या भएको हुनसक्ने बताएका छन्। प्रहरीले अनुसन्धानका क्रममा निलेशलाई पक्राउ गरेको थियो। निलेशले आफ्ना साथि आदित्य सिन्देको मद्धतमा होर्डिङ टाँगेको बयान दिएका छन् ।  निलेशले आफ्नी प्रेमिका रिसाएका कारण उनलाई फकाउन यस्तो कार्य गरेको स्पष्ट गरेका छन् । निलेश खेडकर एक सानोतिनो व्यवसाय गर्छन् र एमबीए पढ्दै छन् । 

आफ्ना मनका कुरा, खोल्नुहोस् पुरा । तपाईको जीवन भोगाई र अनुभव अमूल्य छ । त्यो कसैका लागि सिकाई र प्रेरणाको प्रतिविम्ब बन्न सक्छ । आफ्नो मनका कुरा लेखेर वा बोलेर हाम्रो Facebookmail.mankakura@gmail.com मा पठाउनु होला । साथै YouTubeTwitter मा जोडीएर हाम्रो परिवार पनि अवश्य बन्नुहोला ।
प्रतिक्रिया दिनुहोस्