राष्ट्रकविको दोश्रो बिवाह

शनिबार, १३ असोज २०७५
रामनाथ घिमिरे

गौरीलाई गुमाएपछि, काठमाण्डौ बस्ने मन मरेर गयो । अन्नत छोरीहरु बोकेर राष्ट्रकवि जन्म थलो फर्किनुभयो । अनि गाउँमै एउटा स्कुल स्थापना गरेर शिक्षा दिन थालेका घिमिरेलाई, फेरि दोस्रो विवाहको प्रस्ताव आउन थाल्यो । आफ्नो श्रीमती गुमाएको पिडामा त्यत्रो काव्य नै तयार गरेका राष्ट्रकविले त्यति सजिलै कसरी त्यो चोट भूलेर अरुसंग जिन्दगी बिताउने सहास गरे होलान ? कुराकानीको क्रममा उहाँ आफैले यो प्रशंग सुनाउनु भयो, त्यस्तो प्रेम र वियोगको कथा लेख्ने मान्छे फेरि बिहे के कसरी ?

सबैको मनमा यो आउन सक्छ, उहाँले भन्नुभयो म त जे गरौलाँ तर ती बच्चाहरुलाई हुर्काउने त एकजना चाहियो, अनि अर्को कुरा म पनि मनुश्य नै त हुँ अरुसंग जस्तै मेरा पनि कमजोरी छन् । उहाँले आफुले दोस्रो बिहे गर्नुको कारण खुलाउनु भयो । मानिसले शोकमै डुबेर पुरै ब्रह्मचार्यको जिन्दगी बिताउनु कठिन कुरा हो । जसले जे भनोस बाहिर भन्ने कुरा एउटा कुरा हो तर बिहे नगर्नेलाई बिहे गर्नपाको भए हुन्थ्यो भन्ने मनमा लागिरह्यो भने त्यो त राम्रो भएन् उहाँले प्रष्टिकरण दिनुभयो ।

यसरी भयो दोस्रो बिवाह 
शिक्षक बनेर गाँउ छिरेको मान्छे बिहे गर्छु भन्दा केटि नदिने कुरै थिएन् । तर आफैले बिहेका लागि प्रस्ताव गर्ने मन थिएन् । तर एक दिन बुबाले गाउँका टाठा बाठा आफ्नै भाईपर्ने एकजनालाई आफ्नो लागि केटि खोज्ने जिम्मा दिए । अन्तत महाकाली हालकी जहानसंग उहाँको दोस्रो बिहे भयो । बुबाको कुरा काट्न सकिन, उहाँले भन्नुभयो मेरो मनले पनि त्यही सही ठान्यो अनि शोककै बीचमा बिहे गरेँ । अहिले जस्तो केटा केटी देखाउन चलन पनि थिएन, हास्ँदै उहाँले भन्नुभयो, म त दोस्रो भएँ अनि पढेलेखेको मान्छे कसैलाई बिहेका लागि हेर्ने अनि छोड्ने कुरा त नराम्रो कुरा हो त्यसैले मलाई हेर्न मन लागेन बुबाले प्रस्ताव गरेकी केटीसंग दोस्रो बिहे भयो ।

रोमान्टिक कुरा
किन्नर किन्नरीमा देखेजस्तो देख्ने वित्तिकै माया बस्ने र पिरति लाउने कुरा काव्यमा मात्रै सम्भव छ । एकै छिनमा तिमी मन प¥यो माया गर्छु भनेर लेखिदैन ? गीत गाँइदैन र ? त्यो त गाइन्छ तर सबैसंग माया प्रेम बस्दैन उहाँले हास्ँदै विगत सम्झिनु भयो । काव्य र व्यवहारको फरकबारे उहाँले भन्नु भयो कसैले यति काम गर्दिन्छु यति पैसा चाहिँन्छ भन्यो काम सक्यो र पैसा लियो भने त्यो काम भयो कला भएन् त्यहाँ ज्याला ठुलो भो काम ठुलो भएन् तर कलामा त्यस्तो हुँदैन कला माया जस्तो हो, मनमा लाग्ने कुरा लागे पछि लाग्यो लाग्यो हृदयबाट झिकेर फाल्न सकिन्छ र ? त्यो त जिन्दगीभर लाग्यो लाग्यो । 

त्यस्ता चिजहरु हुन् कला र माया भन्ने । कविता मेरो बाल्यकालदेखि लागेको लत एक किसिमको माया हो । त्यो लेख्न कहिल्यै छोडेको छैन् गौरीको माया पनि अझै मरेको छैन् उहाँले यही प्रशंगबाटै संगै रहेकी महाकालीलाई हेर्दै गौरीको माया संकेत गर्नुभयो । हामीलाई लाग्यो उहाँले सायद महाकालीमै गौरीको अनुहार देख्नु भो । उहाँले भन्नुभयो जिन्दगीमा जोडिएका हरेक चिज आफ्नो सिर्जनाका लागि सहायक बने पुराना बिर्सीएर नयाँले मात्रै ठाउँ ओगटेको होइन् । 

जस्तो पहिलो खोलो सानो हुन्छ त्यसमै थपिदै थपिदै गएपछि नदी पनि ठुलो हुँदै जान्छ । त्यसको मतलव पहिलो सानो खोलो सुक्यो भन्ने होइन बिलायो भन्ने पनि होइन् । सबै मिसिएर ठुलो भएको हो । मेरा सिर्जना मौलाउन झाङ्गीन विगत र वर्तमानको उत्तिकै भूमिका छ । गम्भिर मुद्रामा राष्ट्रकवि रोकिनु भो । हामीले पनि महाकाली आमाको अनुहारमा हे¥यौं उहाँ पनि गम्भिर हुनुहुन्थ्यो । वातावरण शान्त भयो । 

राष्ट्रकवि माधव प्रसाद घिमिरेको बाँकी जीवन भोगाई, संघर्ष र सफलताको कथा मनका कुरा डटकममा साप्ताहिक रुपमा प्रकाशन हुनेछ । 

आफ्ना मनका कुरा, खोल्नुहोस् पुरा । तपाईको जीवन भोगाई र अनुभव अमूल्य छ । त्यो कसैका लागि सिकाई र प्रेरणाको प्रतिविम्ब बन्न सक्छ । आफ्नो मनका कुरा लेखेर वा बोलेर हाम्रो Facebookmail.mankakura@gmail.com मा पठाउनु होला । साथै YouTubeTwitter मा जोडीएर हाम्रो परिवार पनि अवश्य बन्नुहोला ।
प्रतिक्रिया दिनुहोस्